गाउँ सहर

बुटवलमा सवारी दुर्घटनामा तीनजनाको मृत्यु, दुईजना गम्भीर घाइते

काठमाडौं । रुपन्देहीको बुटवलमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । 

आज बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडी दुर्घटना भएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए । 

रोकिरहेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको प्रहरीको भनाइ छ । दुर्घटनामा परि गम्भीर घाइते २ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

मृत्यु र घाइते सबैको सनाखत तथा पहिचान हुन बाँकी छ । ट्रक चालक फरार रहेका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत