गाउँ सहर

राजस्व छली गर्ने फर्म विरुद्ध मुद्दा दायर

काठमाडाैं । राजस्व छली गर्ने फर्म विरुद्ध मुद्दा दायर गरिएकाे छ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट सम्बन्धी मुद्दा दायर गरेको हाे । विभागले उच्च अदालत तुलसीपुर बुटबलमा शुक्रबार २ करोड ७७ लाख ३७ हजार ४८३ रुपैयाँ बराबरको राजस्व छलीको मुद्दा दायर गरेको जनाएकाे छ । 

न्यूकालिका सप्लायर्स बुटबल रुपन्देहीले मालबस्तु भन्दा फरक खरिद विल जारी गरी १२ लाख ८४ हजार ८५७ रुपैयाँ राजस्व छली गरेको विभागले आरोप लगाएको छ । त्यस्तै, सोहि फर्मले अधुरो तथा झुटा विवरण पेश गरि कारोबार लुकाएको ठहर गर्दै एक करोड ७२ लाख ६ हजार ५२८ रुपैयाँ विगो दावी सहित मुद्दा दायर गरिएको हाे । 

त्यसैगरी, आर्यन सक्षत स्टोर्स रुपन्देहीले भन्सार चोरी गरि राजस्व छली गरेको विभागले जनाएको छ । स्टोर्सले ९२ लाख ४६ हजार ९८ रुपैयाँ राजस्व छली गरेको विभागले आरोप लगाएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत