नेप्सेमा ४० अंककाे गिरावट, झण्डै ६ अर्बकाे काराेबार
- गाउँ सहर संवाददाता
- २३ माघ आइतबार, २०७८ | १५:४३:०० मा प्रकाशित
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार मापन गर्ने सूचकमा आज आइतबार ४० अंककाे गिरावट आएको छ ।
यस दिन १.४१ प्रतिशत अर्थात ४०.५७ अंक घटेर २८३६.१७ विन्दुमा झरेको छ ।
नेप्सेमा २२८ कम्पनीका ५ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको छ ।
आइतबार अधिकांश जलविद्युत कम्पनीको शेयर खरिदविक्री भएको छ ।
अरुण भ्याली हाइड्रोपावर, अपी पावर, अप्पर तामाकोशी जलविद्युत आयोजना लगायतका जलविद्युत कम्पनीको धेरै शेयर खरिदविक्री भएको छ । कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ५४ करोड ४९ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
आज शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा नेपाल हाइड्रो कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्यमा ८ प्रतिशत भन्दा बढिले बढेको छ ।
त्यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्थाको र बुद्धभूमि जलविद्युत र नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
नेपाल लाइफले लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेपछि मूल्य करिब ८ प्रतिशतले घटेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस