राजनीति

साेमबार मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय निर्वाचनबारे के निर्णय हाेला ?

काठमाडाैं । सोमबार सरकारले स्थानीय तह निर्वाचनको मिति तोक्ने भएको छ । मन्त्रिपरिषद्को अबकाे बैठकले निर्वाचन मिति घोषण गर्ने सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारि दिएका छन् । 

भालि मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएकाे छ । ‘सोमबारको मन्त्रिपरिषद् बैठकले  निर्वाचन आयोगले तोकेकै समयमा चुनावको मिति घोषणा गर्छ,’ मन्त्री कार्कीले भने ।

यसअघि प्रधाानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीहरुबीच जेठ ४ गते स्थानीय तह निर्वाचन गर्ने समझदारी बनेको थियो । त्यही समझदारीअनुसार सरकारले मिति तोक्ने तयारी गरेको  बताइएकाे छ । 

 

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत