गाउँ सहर

नाै सय एम्पुल लागुऔषधसहित दुई युवक पक्राउ

काठमाडाैं । प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३१ स्थित नरेफाँट मनहरा करिडोरबाट प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा सर्लाही घर भएर अहिले ललितपुरको इमाडोल बस्दै आएका २० वर्षीय अनुज मण्डल र २० वर्षीय अबिशेष शाह रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले अरोपीहरुको साथबाट ३ सय एम्पुल डाइजेपाम, ३ सय एम्पुल नुफ्रिन र ३ सय एम्पुल फेनारगन बरामद गरेको जानकारी दिएकाे छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत