विश्व

गत २४ घण्टामा विश्वभर २१ लाख ९६ हजार संक्रमित थपिए

काठमाडाैं । गत २४ घण्टामा विश्वभर २१ लाख ९६ हजार नयाँ कोरोना संक्रमित थपिएका छन् ।

अब संक्रमण पुष्टि हुनेको कुल संख्या ३९ करोड ३५ लाख ३६ हजार धेरै भएको छ । यसैगरी २० लाख ४१ हजार संक्रमित निको भएसँगै कोरोना जित्नेको संख्या ३१ करोड २६ लाख नाघेको वल्डोमिटरले जनाएको छ ।

कोरोनाले मृत्यु हुनेको संख्या साढे ५७ लाख धेरै छ । पछिल्लो २४ घण्टामा ८ हजारभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको छ ।

विश्वभर कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५७ लाख ५१ हजार ५८४ पुगेको छ ।

अझै पनि ७ करोड ५१ लख सक्रिय संक्रमित रहेकामा ९१ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत