गाउँ सहर

स्थानीयलाई त्रसित बनाउने सात जना प्रहरी नियन्त्रणमा

काठमाडाैं । प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–३ बाट ७ जनालाई पक्राउ गरेको छ । स्थानीयलाई त्रसित बनाएको आरोपमा प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–३ बाट ७ जनालाई पक्राउ गरेको हाे । आज बिहान ५ बजेतिर मादक पदार्थ सेवन गरेर पेस्तोल आकारको लाइटर, खुँडा र हँसिया प्रदर्शन गरेर उनीहरुले स्थानीयलाई त्रसित बनाएको आरोपमा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा तुलसीपुर घर भएका २५ वर्षीय सन्तोष बस्याल, १६ वर्षीय मनोज बि.क, २३ वर्षीय पोषण ओली र १७ वर्षका बिबेक बस्नेत रहेका छन् । तुलसीपुर–९ बस्दै आएका २१ वर्षीय अजिल मिया, २१ वर्षका केतु ओली र १८ वर्षीय मोहन बस्नेतलाई समेत पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ । 

प्रहरीले उनीहरूकाे साथबाट बञ्चरो, पेस्तोल आकारको लाइटर र ३ थान हँसिया बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत