राजनीति

चुनाव अगावै माओवादीले पदाधिकारी लगायतको जिम्मेवारी बाँडफाँड गरिसक्ने

काठमाडाैं । नेकपा माओवादी केन्द्रले पदाधिकारी चयन गर्न गृहकार्य सुरु गरेको छ ।

२७ माघमा बोलाईएको केन्द्रिय समिति बैठक अघि नै महासचिव लगायतका पदमा सर्वसम्मत गराउने गरी आन्तरिक गृहकार्य बढाएको हो ।

गत पुस ११–१९ मा सम्पन्न महाधिवेसनले २ सय ९९ मध्ये अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डससहित २ सय ३६ केन्द्रिय सदस्य चयन गरेर महाधिवेसन सम्पन्न गरे पनि पदाधिकारी चयन गर्न सकेको छैन ।

मुख्यतः महासचिवका दावेदार बर्षमान पुन उपचारका लागि चीनमा रहेका कारण पनि पदाधिकारी चयन नगरेको माओवादीले २७ माघमा केन्द्रिय समिति बैठक डाकेर पदाधिकारी चयन गर्न लागेको जनाइएकाे छ ।

माओवादीले गत महाधिवेसनवाट पारित गरेको बिद्यान अनुसार बरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष, १ जना महासचिव, २ उपमहासचिव र बाँकी सचिव रहने गरी १५ सदस्सीय पदाधिकारी बनाउने छ ।

बैठकले स्थायी समिति र पोलिटब्युरो र बाँकी रहेका खाली कोटामा केन्द्रिय सदस्य रहने गरी गृहकार्य गरेको हरिबोल गजुरेलले बताएका छन ।

गजुरेलका अनुसार स्थानिय तहको निर्वाचनमा लाग्नु पर्ने भएकाले आगमी केन्द्रिय समितिवाट नै बाँकी पदपुर्ति र समितिलाई पुर्णता दिने तयारीमा माओवादी केन्द्रले योजना बनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत