खेल

भारतले जित्याे आईसीसी यू-१९ विश्वकप क्रिकेटको उपाधि

काठमाडौं । भारतले आईसीसी यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

शनिबार राति भएको खेलमा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो ।

भारतले पाँचौं पटक यू-१९ विश्वकपको उपाधि जितेको हो । भारत यू-१९ विश्वकपको सर्वाधिक च्याम्पियन हो ।

इंग्ल्यान्डले दिएको १  सय ९० रनको लक्ष्य भारतले ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४४ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८९ रन बनाएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत