स्वास्थ्य

बालबालिकामा देखिने क्यान्सर जति चाँडाे पहिचान, त्यति चाँडाे उपचार

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बालबालिकाहरूमा ल्युकेमिया (रक्त क्यान्सर), मस्तिष्ककाे क्यान्सर, लिम्फाेमा, न्यूराेब्लास्टाेमा, विल्म्स् ट्युमर जस्ता क्यान्सर देखिन सक्छन् ।

बालबालिकामा हुने क्यान्सर नियन्त्रणकाे एकमात्र उपाय भनेकाे लक्षण देखिनेबित्तिकै यसकाे पहिचान गर्ने र तुरून्तै उपचार गर्ने हाे ।

समयमै पत्ता लगाएर उपचार गरे ९० प्रतिशतभन्दा बढी बालबालिकामा हुने क्यान्सर निकाे हुन्छ ।

बालबालिकामा हुने क्यान्सरकाे उपचार सरकारी अस्पतालहरूमा सहुलियतसहित कम खर्चमा हुने मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत