गाउँ सहर

मोरङ हत्याकाण्डमा संलग्न थप दुई जना पक्राउ

मोरङ । मोरङको धनपालथान गाउँपालिकामा भएको  जनाको हत्याकाण्डमा संलग्न थप दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार शुक्रबार रंगेली नगरपालिकाका मोहम्मद सुभाम र सुनसरीको देवानगञ्ज गाउँपालिकाका मोहम्मद हकिमलाई पक्राउ गरेको हो।

धनपालथान गाउँपालिका ७ स्थित उखुबारीमा धरानका ४९ वर्षीय राजेन्द्र श्रेष्ठ र सप्तरी शम्भुनाथ नगरपालिकाका ३२ वर्षीय शम्भु चौधरीको हत्या प्रकरणमा दुवैलाई पक्राउ गरिएको उनले बताए।

प्रहरीका अनुसार पक्राउ परेका रंगेली ३ आमतोलाका ३३ वर्षीय सभाम र देवानगञ्ज ६ जिरोगौवाका १८ वर्षीय हकिमलाई पक्राउ गरी प्रहरीले आवश्यक कारबाहीका लागि प्रक्रियामा अघि बढाएको छ।

गत माघ १२ गते राति उखुबारीबाट चौधरीको गलेको शव र माघ १३ गते बिहीबार दिउँसो सोही अवस्थामा श्रेष्ठको शव प्रहरीले खाडलबाट निकालेको थियो। यसक्रममा घटनाका मुख्य योजनाकार मृतकद्वयका व्यवसायिक साझेदार अनिलकुमार मण्डललाई प्रहरीले सार्वजनिक गरिसकेको छ।

मण्डलले व्यवसायिक साझेदारका रुपमा रहेका अर्का साथी मोहन लिम्बूलाई ललितपुरस्थित गोदावरी नगरपालिका ठेचोमा हत्या गरी खाडलमा पुरेका थिए। प्रहरीले लिम्बूको शवसमेत बरामद गरिसकेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत