वातावरण

प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केहि स्थानहरुमा हल्का वर्षा

काठमाडाैँ । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । हाल प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

जल तथा माैसम विज्ञान विभागका अनुसार आज २०७८ माघ २२ गते  (शनिबार) दिउँसो देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै राति प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत