स्वास्थ्य

कोरोना संक्रमणबाट १६ जनाको मृत्यु, काठमाडाैँमा घट्याे संक्रमितकाे संख्या

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार साे अवधिमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७९४ पुगेको छ ।

शुक्रबार ८ हजार ४२५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ५६ हजार ४५७ जना सक्रिय संक्रमित रहेका छन् ।

यता पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५७०, भक्तपुरमा ५५ र ललितपुरमा १२० जना संक्रमित थपिएका हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत