नेप्सेकाे सीईओमा कृष्णबहादुर कार्की नियुक्त
- गाउँ सहर संवाददाता
- २० माघ बिहीबार, २०७८ | २०:३८:०० मा प्रकाशित
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)काे सीईओमा कृष्णबहादुर कार्की नियुक्त भएका छन् ।
गत सोमबारको मन्त्रिपरिषद् बैठकले पाल्पाका कार्कीलाई नेप्सेको सीईओमा नियुक्त गरेको हाे ।
बुक बिल्डिङ विधिबाट धिताेपत्रकाे सार्वजनिक निष्कासन प्रक्रियामा रहेकाे सर्वाेत्तम सिमेन्टको सेयर ओटीसी मार्केटबाट खरिद गरेपछि विवादित बनेका नेप्सेका तत्कालीन सीईओ चन्द्र सिंह साउदले भदाै ८ मा राजीनामा दिएसँगै नेप्सेकाे सीईओ रिक्त थियाे ।
नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनोट समितिले कुल ११ आवेदकहरुबाट ५ जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) गरी ती पाँचमध्येबाट पनि रमेश भण्डारी, केशव श्रेष्ठ र कृष्णबहादुर कार्कीको मन्त्रिपरिषद्मा पठाएको थियो । भण्डारी र श्रेष्ठलाई पछि पार्दै स्थायी घर भएक कार्कीले सीईओ बनेका हुन् ।
कार्की हाल बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्र्थापना इकाइका प्रमुख छन् । कार्की उपसचिवबाट सेवा निवृत्त सरकारी कर्मचारी हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस