स्वास्थ्य

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, ३,१७५ जनामा संक्रमण पुष्टि

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७७८ पुगेको छ ।

बिहीबार ८ हजार ७२३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर ६३ हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घन्टामा १० हजार २६ पीसीआर तथा २ हजार ५७९ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत