स्वास्थ्य

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ७२ हजार काेराेना सङ्क्रमित थपिए

काठमाडाैं । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ७२ हजार ४३३ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । 

साेही अवधिमा कोरोना सङ्क्रमणको कारण एक हजार ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु भएका कुल सङ्ख्या ४ लाख ९८ हजार ९८३ पुगेको छ ।

हाल देशमा १५ लाख ३३ हजार ९२१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालय थप जानकारी दिएको छ । यस अवधिमा ८७ हजार ६८२ जना सक्रिय सङ्क्रमित घटेका समाचारमा जनाइएको छ । लगातार १० औं दिनसम्म भारतमा सक्रिय सङ्क्रमित सङ्ख्या घटेको मन्त्रालयले बताएको छ ।

हालसम्म कुल तीन करोड ९७ लाख ७० हजार ४१४ जना डिस्चार्ज भइसकेका छन् भने गत २४ घण्टामा २ लाख ५९ हजार १०७ जना निको भएकाे मन्त्रालयले जनाएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत