गाउँ सहर

भैँसीले विस्फोटक पदार्थ खाएपछि...

काठमाडाैं । विस्फोटक पदार्थ सेवन गर्दा एक भैँसी घाइते भएको छ । कपिलवस्तुमा वन्यजन्तु मार्न राखिएको विस्फोटक पदार्थ सेवन गर्दा एक भैँसी घाइते भएको हाे ।

हिजाे शिवराज नगरपालिका-३ मा विस्फोटक पदार्थ चपाउँदा भैँसी घाइते भएको प्रहरीले जानकारी दिएकाे छ । भैँसीको मुख भित्रै विस्फोटक पदार्थ पड्किएको स्थानीयहरूको बुझाइ छ । भैँसी चराउन गएका बालक विस्फोट हुँदा भागेर जोगिएकाे स्थानीलयले जनाएका छन् ।

जङ्गली जनावर मार्नका लागि यस्ता विस्फोटक पदार्थ राखिएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रायस्जसो बँदेल मार्नको लागि वन्य जन्तुको आहारामा विस्फोटक पदार्थ मिसाएर बम बनाएर राख्ने गरेका छन् ।

चोरी सिकारीका लागि राखिने यस्ता विस्फोटक पदार्थले मानवीय क्षति पनि हुन सक्ने भएकाले वन कार्यालय र प्रहरी प्रशासनले निगरानी बढाउन पर्ने एक स्थानीयले बताएका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत