गाउँ सहर

तास खेलिरहेका ८ जुवाडे प्रहरी कब्जामा

काठमाडाैं । प्रहरीले तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ गरेकाे छ । दाङको शान्तिनगर गाउँपालिका–५ मा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरी टोलीले शान्तिनगर गाउँपालिका बैशा बस्ने स्थानीय निराजन मल्लको घरमा तास खेलिरहेका स्थानीय  ३२ वर्षीय वीरबहादुर रावत लगायत ८ जनालाई पक्राउ गरेको जानकारी दिएकाे छ । 

पक्राउ परेकाहरूबाट प्रहरीले नगद २ लाख ८२ हजार ३ सय ५ रुपैयाँ र १ बुक तास समेत बरामद गरेको जनाएकाे छ ।  

 पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भैरहेको प्रहरीले बताएकाे छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत