गाउँ सहर

लेक लागेर पाँचथरमा एक युवककाे निधन

 

काठमाडाैं । पाँचथरमा एक युवकको मृत्यु भएको छ । चौंरी गोठ जाँदा लेक लागेर पाँचथरमा एक युवकको मृत्यु भएको हाे ।  जिल्लाको फालेलुङ गाउँपालिका– ५ को टुनीबोटेका ३१ वर्षीय विशाल मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । 

हिजाे राति साढे १२ बजेतिर विशालसहित उनका भाइ विक्रम सोही गाउँपालिकाको आहालेस्थिति चौंरी गोठ गएका थिए । हिउँ परेपछि घर फर्किने क्रममा धुपीडाँडा भन्ने क्षेत्रमा आइपुग्दा विशाललाई लेक लागेपछि हातखुट्टा नचलेको र बिहीबार बिहान ३ बजेतिर प्रहरी चोकी प्राङ्बुङबाट प्रहरी टोली पुग्दा उनी मृत अवस्थामा फेला परेको पाँचथर प्रहरी प्रवक्ता डम्बर विश्वकर्माले जानकारी दिएका छन् । 

प्रवक्ता विश्वकर्माले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको बताएका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत