गाउँ सहर

बस दुर्घटना हुँदा ३५ जना घाइते

काठमाडाै. । बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन् ।  बर्दियाको बाँसगढी नगरपालिका ३ मा बस दुर्घटना भएको हाे । दुर्घटनामा परी ३५ जना घाइते भएका छन् । जसमध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएकाे छ । 

कालीकोटको त्रिवेणी गाउँपालिका ६ की ११ वर्षीया शीतला उपाध्याय र सान्नी त्रिवेणी गाउँपालिका ७ की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।

दुवै जनालाई उपचारका लागि बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज पठाइएको छ । अन्य सामान्य घाइतेको स्थानीय कौशिल्या अस्पतालमा उपचार भईरहेको प्रहरीले भनाइ छ ।

बिहिबार बिहान बस दुर्घटना भएको हो ।

कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना५ख ५३८२ नम्बरको बस बिहान करीब सवा ३ बजे अनियन्त्रित भएर दुर्घटना भएको हो ।

बस सडकदेखि अन्दाजी १५ मिटर तल खसेको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत