गाउँ सहर

शाखा अधिकृत उपसचिवमा बढुवाका लागि १५ जना सिफारिस

 काठमाडाैं । लेखापरीक्षण समूहका १५ जना शाखा अधिकृत उपसचिवमा बढुवा गर्न सिफारिस गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बुधबार बसेको बढुवा सिफारिस बैठकले जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनलाई आधार बनाएर बढुवा सिफारिस गरेको हो ।

बढुवाका लागि सिफारिसमा नाम परेकाहरुमा उमेश सुवेदी, ताराध्वज सुनुवार, मोहनप्रसाद भट्टराई, रमेश पुरी, वनमाली पौडेल, कृष्णप्रसाद शर्मा रेग्मी र जीवनकुमार मल्ल पनि बढुवा सिफारिसमा परेका छन् ।

यसअघि सामान्य प्रशासन, लेखा र राजस्व समूहका अधिकृतहरु उपसचिवमा बढुवा सिफारिस भइसकेका छन् । त्यस्तै, डोरमणि घिमिरे, विश्वम्बर श्रेष्ठ, सुन्दर भुजेल, किशोर पोखरेल, ठाकुरप्रसाद न्यौपाने, शैलेन्द्रकुमार भुसाल,कृष्णहरि दाहाल र पार्वती कँडेल बढुवामा परेका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत