अर्थतन्त्र

बुधबार शेयर बजार बन्द

काठमाडाैं । बुधबार शेयर बजार बन्द हुने भएको छ ।

आज तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होछार पर्व परेकाले सरकारले सार्वजनिक बिदा दिए सँगै शेयर बजार पनि बन्द हुने नेप्सेले जानकारी दिएकाे छ ।

अब भोलि बिहान ११ बजेदेखि नियमित कारोबार खुल्ने नेप्सेले जनाएकाे छ ।

हिजो नेप्से सूचक १९.२९ अंकले बढेर २८ सय ९१.३३ बिन्दुमा अडिएको छ । जसमा ६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकाे थियाे ।

गाउँ सहर संवाददाता

तपाईँको मत