राजनीति

अखिल नेपाल किसान महासंघकाे एमसीसी संसदमा पेश गर्नेबारे गम्भिर ध्यानाकर्षण

काठमाडाैँ । अखिल नेपाल किसान महासंघले अमेरिकी निकाय मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता सम्पूर्ण किसान, मजदुर, बुद्धिजीवी, पेशागत क्षेत्र एवम् श्रमजीवी जागरुक नेपालीको पक्षमा छैन भनी नेपाली जनस्तरबाट अस्वीकृत भईसकेको सन्दर्भमा सरकारले २६ गते संघीय संसद वैठक बोलाएको र उक्त वैठकमा एमसीसी पेश गर्नेबारे विभिन्न संचार माध्यमहरुमा समाचारहरु प्रकाशन भएको विषयमा अखिल नेपाल किसान महासंघको गम्भिर ध्यानाकर्षण भएको बताएकाे छ ।

महासंघका अध्यक्ष बलराम बास्कोटाद्वारा जारी विज्ञप्तिमा साे कुरा बताइएकाे हाे ।

जारी विज्ञप्तिमा "अखिल नेपाल किसान महासंघ यस सम्झौताले नेपालको सुरक्षा र राष्ट्रिय हितमा मात्र नभई दक्षिण एशिया र छिमेकी राष्ट्र समाजवादी चिनको समेत शान्ती सुव्यवस्थामा गंभीर रुपमा आँच पुग्ने कुरालाई मध्यनजर गर्दै यो सम्झौता संसदमा पेश नगर्न सरकार समक्ष माग गर्दछ । कथंकदाचित संसदमा पेश गरियो भने कुनै पनि हालतमा यसलाई पास नगर्न जनताद्वारा चुनिनुभएका माननीय सांसदज्युहरुलाई अनुरोध गर्दछ । साथै राजनीतिक पार्टीका नेताहरुलाई यस राष्ट्रघाती सम्झौताको विपक्षमा उभिन तथा पास नर्गनको लागी ह्विप जारी गर्न अनुरोध गर्दछ" भनिएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत