स्वास्थ्य

चौबीस घण्टामा ५,५८३ मा संक्रमण, ९ जनाको मृत्यु, काठमाडौं उपत्यकामा थपिए १,९०४ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ५८३ कोभिड–१९ संक्रमित थपिएका छन् । १७ हजार ६७४ नमूनामा परीक्षण गर्दा ५ हजार ५८३ मा संक्रमण पुष्टि भएको हो । 

आज ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ७४ हजार ६५३ छ । 

चौबीस घण्टामा ९ जनाको संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

देशभर आज ७३ हजार १७८ जना होम आइसोलेसनमा र १ हजार ४७५ जना संस्थागत आइसोलेसनमा छन् । २७९ जना आईसीयूमा र ५० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

 

काठमाडौं उपत्यकामा थपिए १ हजार ९०४ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९०४ जना कोभिड संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार ४०४, भक्तपुरमा १९५ र ललितपुरमा ३०८ जना संक्रमित थपिएका हुन् । 

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४४ हजार ५३१ पुगेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत