सुस्ताएकाे शेयरबजारमा १९ अंकले बढ्याे नेप्से, दुई कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
- गाउँ सहर संवाददाता
- १८ माघ मंगलबार, २०७८ | १५:४६:०० मा प्रकाशित
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मंगलबार दोहोरो अंकले वृद्धि भएको छ । यसदिन १९.२९ अंकले बढेर २८९१.३४ विन्दुमा पुगेको छ ।
मंगलबार दुई वटा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल जलविद्युत कम्पनीका शेयरमूल्यमा आज सर्किट लेभलमा वृद्धि भएको छ । होटल तथा पर्यटन, जीवन बीमा कम्पनी, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र ट्रेडिङ उपसूचक बाहेकका उपसमूहको सूचक भने बढेको छ ।
अघिल्लाे दिन साढे १३ अंकले घटेर बन्द भएकाे थियाे । यस दिन कारोबार रकम ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ बराबरको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर खरिदबिक्री भएको छ ।
मंगलबार विन लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बुद्धभुमि हाइड्रोपावरको ९.९९ प्रतिशतले बढेको छ ।
यस्तै, नेरुडे लघुवित्त, मेरो माइक्रोफाइनान्स, सिभिल लघुवित्त लगायतकाे शेयरमूल्य घटेको छ ।
मंगलबार नेशनल हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३९ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यस दिन कारोबारमा आएकामध्ये १४८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३६ वटा कम्पनीको शेयरमूल्य घटेको छ। यस्तै ६ कम्पनीको शेयरमूल्य स्थिर छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस