स्वास्थ्य

भारतमा १ लाख ६७ हाजारभन्दा बढी सङ्क्रमित थपिए

काठमाडाैं । भारतमा कोरोनाभाइरसका कारण थप १ लाख ६७ हाजारभन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड १४ लाख ६९ हजार ४९९ सङ्क्रमित भएका केद्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

सरकारी अधिकारीहरूले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १ लाख ६७ हजार ५९ नयाँ सङ्क्रमित भएका हुन् । पछिल्लो एक दिनमा भारतमा एक हजार १९२ जनाको काेरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यससँगै कोरोना भाइरसका कारण मृत्यु भएका कुल मृतकको सङ्ख्या चार लाख ९६ हजार २४२ पुगेको छ ।

सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार १७ लाख ४३ हजार ५९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । यस अवधिमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।

पछिल्लो एक दिनमा दुई लाख ५४ हजार ७६ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यसैसँगै भारतमा तीन करोड ९२ लाख ३० हजार १९८ जना कोरोना सङ्क्रमणमुक्त भएकाे सङ्घीय स्वास्थ्य मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत