स्वास्थ्य

नेपाल भित्रियो दुई दिनमा २३ लाख मात्रा बढी मोर्डनाकाे खोप

काठमाडाैं । नेपालमा दुई दिनमा २३ लाखभन्दा बढी कोरोनाविरुद्धको मोर्डना खोप भित्रिएको छ ।

सोमाबार ११ लाख ७० हजार र मंगलबार ११ लाख ७० हजार गरेर २३ लाख ४० हजार मात्रा मार्डना खोप नेपाल भित्रिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ती व्यवस्था महाशाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले जानकारी दिएका छन् ।

उक्त खोप कोभ्याकस सुविधाअन्तर्गत विश्व बैंकको ऋण सहयोगमा ल्याएको डा. चौरसियाले बताए । सो खोप १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने बताइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत