गाउँ सहर

भाेलि देशैभर सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाडाैं । बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिएका छन् ।

सरकारले बुधबार सार्वजनिक बिदा दिएको हो ।

खनालका अनुसार ल्होसारमा प्रदेशको १३ वटै जिल्ला र न्वागीमा चेपाङ समुदायको बसोबास रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

त्यसैगरी मकवानपुरको बागमती गाउँपालिका, राक्सिराङ गाउँपालिका र बकैया गाउँपालिकाले पनि सूचना जारी गर्दै ल्होसारको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिने जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत