अनेरास्ववियुद्वारा पुल्चोकमा मन्त्री निवास अगाडि प्रदर्शन, सञ्चारमन्त्री कार्कीलाई कालाे झण्डा
- गाउँ सहर संवाददाता
- १८ माघ मंगलबार, २०७८ | ११:४०:०० मा प्रकाशित
काठमाडाैं । स्थानीय तहको चुनावका लागि तत्काल मिति घोषणाको माग गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले प्रदर्शन गरेको छ ।
अनेरास्ववियुले आज बिहान ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवास अगाडि प्रदर्शन गरेको हो ।
साथै उनीहरुले चुनावको मिति तत्काल घोषणा गर, चुनाव सार्न पाइँदैनलगायतका नारा लगाएका थिए । प्रदर्शनकारीले निवासबाट बाहिरिँदै गरेका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई कालोझण्डा समेत देखाएका छन् ।
सत्ता साझेदार पाँच दलीय गठबन्धनले आउँदो जेठभित्र स्थानीय तहको चुनाव गर्ने सहमति गरेका छन् । तर सरकारले अहिलेसम्म चुनावको मिति भने तय गरेको छैन । स्थानीय तहमा बहालवाला जनप्रतिनिधिको पदावधि जेठ ५ गते समाप्त हुँदैछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस