विशेष

सन् १८८४ मा पहिलो पटक प्रकाशित अक्सफोर्ड डिक्सनरी, यसका सबै शब्दहरू टाइप गर्न १२० वर्ष लाग्ने

काठमाडाैँ । जब हामी अंग्रेजीमा कुनै शब्दको बारेमा भ्रमित हुन्छौं, हाम्रो दिमागमा आउने पहिलो शब्द अक्सफोर्ड डिक्सनरी अर्थात शब्दकाेश हो । अक्सफोर्ड शब्दकोश हाम्रो जीवनको एक हिस्सा भएको छ । यो शब्दकोश पहिलो पटक फेब्रुअरी १, १८८४ मा आजको दिन प्रकाशित भएको थियो । यसको निर्माण सन् १८५७ बाट सुरु भएको हो ।

त्यसबेला लन्डनको फिलोलोजिकल सोसाइटीका मानिसहरूले व्यवस्थित रूपमा अंग्रेजीको शब्दकोश तयार गर्ने विचार गरेका थिए । यसले ११ औं शताब्दीदेखि १८ औं शताब्दीसम्म प्रचलित एङ्ग्लो-स्याक्सन शब्दहरू समावेश गर्यो । त्यो समयमा यो ४ भाेल्यूममा उत्पादन भएको थियो । यसमा ६ हजार ४०० भन्दा बढी शब्दहरू समावेश थिए ।

अक्सफोर्ड शब्दकोश तयार गर्न हजारौं मानिसहरूले योगदान दिए, तर सर जेम्स अगस्टस हेनरी मूरे र डा. विलियम चेस्टर माइनर सबैभन्दा प्रमुख थिए । शब्दकोशका लेखक हेनरी मूरे जहाँ थिए उही समयमा, अमेरिकी शल्यचिकित्सक डा. विलियम चेस्टर माइनरले अक्सफोर्ड शब्दकोशलाई मात्र १० हजार भन्दा बढी शब्दहरू दिए ।

यो शब्दकोश प्रकाशित भएको ४० वर्षपछि सन् १९२८ मा पूरा भएको थियो । यस शब्दकोशमा ४ लाखभन्दा बढी शब्दहरू समावेश गरी १० खण्डमा तयार पारिएको थियो । यसको शीर्षक थियो ऐतिहासिक सिद्धान्तहरूमा नयाँ अंग्रेजी शब्दकोश । त्यसयता हरेक वर्ष अक्सफोर्ड शब्दकोशमा हरेक भाषाका शब्दहरू थपिने क्रम जारी छ ।

यसरी यो शब्दकोश हरेक वर्ष अपडेट हुन्छ । सन् १९८४ मा शब्दकोशको इलेक्ट्रोनिक संस्करण ल्याउने विचार गरियाे । यसका लागि १२० जनाले शब्दकोशका शब्दहरू टाइप गरे । ५० प्रुफ रिडर राखिएको थियो । शब्दकोशको अनलाइन संस्करण सन् २००० देखि सक्रिय छ ।

हाल अक्सफोर्ड शब्दकोशको २० खण्डहरू छन् । यसमा ६० मिलियन (6 करोड) शब्दहरू छन् । यसको वजन ६२ किलो भन्दा बढी छ । यो भनिन्छ कि यदि तपाईंले शब्दकोशमा समावेश गरिएका सबै शब्दहरू टाइप गर्नुभयो भने १२० वर्ष भन्दा बढी लाग्न सक्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत