दिगोविकास

लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ वटा बिमा कम्पनी परे कारबाहीमा

काठमाडाैं । लेखापरीक्षण प्रतिवेदन नबुझाउने विभिन्न ११ वटा बिमा कम्पनीहरूलाई बिमा समितिले कारबाही गरेकाे छ ।

समितिले बीमा ऐन २०४९ र बीमा नियमावली २०४९ बमोजिम तोकिएको समयसिमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/७७ मा आफुले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै ११ वटा कम्पनीहरुलाई १० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो ।

बिमा समितिले दि ओरियन्टल इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी, राष्ट्रिय बिमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत