अर्थतन्त्र

अघिल्लो कारोबार दिन सय अंकमाथिले बढेकाे शेयर आज दाेहाेराे अंकले गिरावट, काराेबार रकम पनि घट्याे

काठमाडाैं । अघिल्लो कारोबार दिन अर्थात हिजाे आइतबार १०५.५५ अंकले बढेकाे शेयरबजार परिसूचक नेप्से सोमबार भने दोहोरो अंकको गिरवाट आएको छ । 

यस दिन १३.४८ अंक घटेर २८७२.०५ विन्दुमा झरेको छ ।

यसदिन आइतबारको तुलनामा कारोबार रकम पनि घटेको छ ।

अघिल्लो कारोबार दिन ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २२५ कम्पनीको ६९ हजार ७७० पटकको कारोबारमा ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड १ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

बजारमा दोहोरो अंकको गिरावट आएपनि ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनीमा फरवार्ड माइक्रोफाइनान्स, वन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी रहेको छ । छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ ।

कारोबारमा आएका माउन्टेन हाइड्रो, सिभिल लघुवित्त, न्यादी हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन एचआईडिसीएल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ५७ करोड १२ लाख ७८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन अपर तामाकोशी र नेपाल टेलिकमको ३१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत