पूर्वाधार

नयाँ काेराेना संक्रमित थपिनेभन्दा निकाे हुने बढी, थप ८ जनाकाे दुखद निधन

काठमाडाैँ । पछिल्लाे २४ घण्टामा काेराेनाभाइरसका कारण थप ८ जनाकाे निधन भएकाे छ । याे सहित मृत्यु हुनेकाे संख्या ११ हजार ७४३ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा १६ हजार ८८ काे काेराेना परीक्षण गरिएकाेमा थप ५ हजार २९२ संक्रमित थपिएका छन् । साे अवधिमा निकाे हुनेकाे संख्या ८ हजार १९१ छ । साेसहित कुल निकाे हुनेकाे संख्या ८ लाख ६२ हजार ८९८ पुगेकाे छ ।

मन्त्रालयका अनुसार साे अवधिमा ३ लाख ६६ हजार ६०३ जनाले खाेप लगाएका छन् । देशमा अहिले भाइरसका सक्रिय संक्रमितकाे संख्या ७९ हजार २७२ रहेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत