अर्थतन्त्र

भारतकाे आर्थिक वृद्धि दर ८.५% रहने अनुमान

काठमाडाैँ । भारतमा आज अर्थात ३१ जनवरी २०२२ मा संसदको बजेट अधिवेशन सुरु भएको छ । वित्तमन्त्री निर्मला सीतारमणले लोकसभामा २०२१-२२ को आर्थिक सर्वेक्षण प्रतिवेदन पेश गरेकी छन् । आर्थिक सर्वेक्षणका अनुसार २०२२-२३ मा कुल गार्हस्थ्य उत्पादन (आर्थिक वृद्धि दर) ८–८.५ प्रतिशत रहने अनुमान गरिएको छ ।

दिउँसो ३ः३० बजे राज्यसभामा प्रस्तुत भएपछि सार्वजनिक गरिने छ ।

आर्थिक वर्ष २०२१-२२ को यो आर्थिक समीक्षामा कोरोनाको दोस्रो र तेस्रो लहरबीच देश कसरी अगाडि बढ्यो भन्ने कुरा थाहा हुनेछ । आर्थिक सर्वेक्षण अनुसार २०२२-२३ मा ८ देखि ८.५ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरिएको छ । यो चालू आर्थिक वर्षको ९.२ प्रतिशतको वृद्धि अनुमानभन्दा कम हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत