गाउँ सहर

डा. बाबुराम भट्टराई भन्छन् - एमसीसीलाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गराैँ

काठमाडाैँ । जनता समाजवादीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गर्नुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आइतबार राति ट्वीट गर्दै एमसीसी पारित गरी सबै एक मुख भएर जनतालाई बुझाउनुपर्ने बताए ।

उनले ट्वीटरमा लेखेका छन्, 'एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं ! सबै एकमुख भएर जनतालाई बुझाऊ !'

एमसीसीको वहानामा प्रतिगमनविरोधी गठबन्धन टुट्नु नहुनेमा उनले जोड दिएका छन् ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत