विश्व

अमेरिकामा हिमआँधी ‘बम साइक्लोन’, ६ हजारभन्दा बढी उडानसमेत रद्द

  • एजेन्सी
  • १७ माघ सोमबार, २०७८ | ०७:४७:०० मा प्रकाशित

न्युयोर्क । अमेरिकाको इस्ट कोस्ट क्षेत्रमा हिमआँधी भयानक बन्दा त्यहाँका पाँच वटा राज्यमा आपत्कालीन घोषणा गरिएको छ । भयानक हिमआँधीका कारण अवस्था जटिल बनेपछि न्युयोर्क, न्युजर्सी, मेरिल्याण्ड, रोड आइल्याण्ड र भर्जिनिया राज्य सरकारले आपत्कालि घोषणा गरेका हुन् ।

सो क्षेत्रमा चार वर्षपछि सबैभन्दा ठूलो हिमआँधी आएको बताइएको छ । शनिबार त्यहाँको नेसनल वेदर सर्भिसले सो आँधीलाई ‘बम साइक्लोन’ को नाम दिएको छ ।

मध्य अक्षांशीय चक्रपातले समेत चिनिने बम साइक्लोन चिसो हावासँग समुद्रको तातो हावा ठोक्दिाँ वायुमण्डलमा भारी दबाब पर्न जान्छ । र सोही कारण हिउँ तथा बरफ तुफान आउने गर्छ। अमेरिकाको इस्ट कोस्टमा पनि सोही कारण हिम एवम् आँधी आएको बताइएको छ । सो क्षेत्रमा भारी हिमपात हुनुका साथै आँधीपछि बाढीको सम्भावना रहेको बताइएको छ ।

विज्ञहरुले सबैलाई सतर्क रहन चेतावनीसमेत दिएका छन् । सो आँधीका कारण अधिकारीहरुले आइतबारका लागि तय भएका करिब ६ हजारभन्दा बढी अमेरिकी उडानसमेत रद्द गरेका छन् ।

एजेन्सी

तपाईँको मत