राजनीति

नेपाल बारको निर्वाचन चैत १९ गते हुने

काठमाडाैं । नेपाल बार एसोसिएसनले चैत १९ गने निर्वाचन गर्ने भएको छ । नयाँ नेतृत्व चयनका लागि नेपाल बार एसोसिएसनले चैत १९ गने निर्वाचन गर्ने भएको हाे । कानुन व्यवसायीहरूको छाता संगठन बारको वर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको कार्यसमितिको तीन वर्षे पदावधि सकिन लागेकोले निर्वाचन गर्न लागिएको बारले जनाएकाे छ । 

बारको आगामी निर्वाचनले २५ सदस्यीय नयाँ कार्यसमिति गठन गर्नेछ । शुक्रबार बसेको बार केन्द्रीय समिति बैठकले निर्वाचन गर्ने बारेमा को निर्णय गरेको जानकारी दिएकाे छ । 

बार कार्यसमितिमा एक अध्यक्ष, सात उपाध्यक्ष (प्रदेशको प्रतिनिधित्व हुने गरी), एक महिला उपाध्यक्ष, एक महासचिव, कोषाध्यक्ष र १४ सदस्य रहने व्यवस्था रहेको छ । करिब ११ हजार सदस्यले निर्वाचनमा मतदान गर्न पाउने बारले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत