स्वास्थ्य

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३४ लाखभन्दा बढी सङ्क्रमित थपिए

काठमाडाैं । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट थप २ लाख ३४ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा २ लाख ३४ हजार २८१ जना सङ्क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारि दिएकाे छ । याेसँगै भारतमा ४ करोड १० लाख ९२ हजार ५२२ जना कोरोनाका कुल सङ्क्रमित भएका समाचारमा जनाइएको छ ।

सोही अवधिमा कोरोना  सङ्क्रमणका कारण भारतमा ८९३ जनाको मृत्यु भएको सो मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कुल ४ लाख ९४ हजार ९१ जनाको कोरोनाभाइरस सङ्क्रमणका  कारण मृत्यु भएको जनाइएकाे छ । 

मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामा रहेकाहरुको सङ्ख्या पनि घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुका अनुसार भारतमा शनिबार १८ लाख ८४ हजार ३३३ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितको यो संख्या कुल सङ्क्रमितको ४।५९ प्रतिशत भएको जनाइएको छ । 

पछिल्लो २४ घण्टामा तीन लाख ५२ हजार ७८४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाख भन्दा बढी रहेको छ   । 

पछिल्लो एक दिनमा १६ लाख १५ हजार ९९३ जनाको कोरोना परीक्षण गरिएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत