गाउँ सहर

प्रहरीद्वारा २२ किलाे चरेस बरामद

कञ्चनपुर । प्रहरीले २२ किलाे १५० ग्राम चरेश बरामद गरेकाे छ । बेलौरी नगरपालिकाबाट शनिबार राति २२ किलाे १५० ग्राम चरेश बरामद गरिएको हाे ।

भारतीय नम्बर प्लेटको युपी ३१ २२५६ नम्बरको मोटरसाइकलसहित बेलौरीको बुटाबारीबाट चरेश बेवारिसे अवस्थामा बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् । 

इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले उक्त चरेश मोटरसाइकलमा राखेको अवस्थामा भेट्टाएको प्रवक्ता शाहको बताए । “ चरेशबारे विस्तृतमा अनुसन्धान हुदैछ”, उनले भने,“ अनुसन्धानबाट सबै कुरा बाहिर आउँछ ।”

पछिल्लो समय कञ्चनपुरको दक्षिण क्षेत्रबाट प्रहरीले दिनहुँजसो लागूऔषध ब्राउनसुगरसहित युवकहरु पक्राउ गर्दै आएको प्रहरीले बताएकाे छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत