राजनीति

नेकपा (क्रान्तिकारी माओवादी) द्वारा माघ २१ गते देशभर विरोध प्रर्दशन गर्ने

काठमाडाैं । मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले माघ २१ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । सरकार विवादास्पद एमसीसी परियोजना थोपर्ने धृष्टतामा लागेको र लिपम्पयाधुरा, कालापानी, लिपुलेक क्षेत्रमाथि निर्लज्ज भारतले अतिक्रमण गर्दा समेत सरकार प्रतिवादमा उत्रन नसकेको भन्दै क्रान्तिकारी माओवादीले माघ २१ म देशब्यापी विरोध प्रर्दशन आयोजना गर्न लागेको महासचिव मोहन वैद्य किरणले जानकारी दिएका छन् ।

देशको राष्ट्रिय स्वाधीनताको रक्षा तथा सार्वभौमिकताको प्रश्न गम्भीर बन्दै गएको भन्दै खबरदारी स्वरुप सो पार्टीले विरोध प्रदर्शन गर्न लागेको हो ।

वैधले देशको राष्ट्रिय स्वाधीनताको रक्षा र सार्वभौमिकताको विषयमा सङ्घर्षलाई एकल तथा संयुक्त रुपमा अझै विकसित तुल्याउँदै जानुपर्ने आवश्यकतालाई गंभीरतापूर्वक आत्मसात गदै माघ २१ गते देशव्यापी रुपमा विरोध प्रदर्शनको कार्यक्रम राख्ने निर्णय गरेको जनाएका छन् ।

हिजाे पार्टीको स्थायी समिति बैठक बसेर यससम्वन्धी निर्णय लिएको बैठकपछि वैद्यले आइतबार जारी गरेको विज्ञेप्तीमा उल्लेख छ ।

वैद्यले विज्ञप्ति जारी गर्दै एकातिर अमेरिकी साम्राज्यवादले एमसीसी परियोजना थोपर्ने धृष्टता गर्दै आएको र अर्कोतिर भारतीय विस्तारवादले लिपम्पयाधुरा, कालापानी, लिपुलेक क्षेत्रमाथि निर्लज्ज अतिक्रमण गरेको जनाएका छन् ।

गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस संसदबाट एमसीसी पारित गराउन लागि परेको तथा अतिक्रमित लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाउँदा र त्यसको विस्तार गर्दा पनि पाँच दलीय गठबन्धन सरकारले आधिकारिक तथा औपचारिक रुपमा कुनै प्रतिवाद नगरेको जारी विज्ञप्तिमा उल्लेख छ । 

‘देशको राष्ट्रिय स्वाधीनताको रक्षा तथा सार्वभौमिकताको प्रश्न गंभीर बन्दै गएको छ । एकातिर अमेरिकी साम्राज्यवादले एमसीसी परियोजना थोपर्ने धृष्टता गर्दै आएको छ भने अर्कोतिर भारतीय विस्तारवादले लिपम्पयाधुरा, कालापानी, लिपुलेक क्षेत्रमाथि निर्लज्ज अतिक्रमण गरेको छ ।

गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली काङ्ग्रेस संसदबाट एमसीसी पारित गराउन लागि परेको छ । अतिक्रमित लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाउँदा र त्यसको विस्तार गर्दा पनि पाँच दलीय गठबन्धन सरकारले आधिकारिक तथा औपचारिक रुपमा कुनै प्रतिवाद गरेको छैन । सो क्षेत्रमा भारतीय अतिक्रमण रोक्न तथा नेपाली भूूभाग फिर्ता ल्याउनका लागि कुनै पनि कूूटनीतिक तथा राजनीतिक पहल नगरी मौनता साधेर बसेको छ । यो स्वाभिमानी नेपालीका लागि गम्भीर चिन्ताको विषय हो ।’ जारी विज्ञेप्तीमा भनिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत