अर्थतन्त्र

आइतबार कति छ सुनचाँदीकाे मूल्य ?

काठमाडाैं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । शनिबार सुनको मूल्य प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम गरिएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२६५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर १२५० रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएकाे छ ।     

गाउँ सहर संवाददाता

तपाईँको मत