राजनीति

प्रतिनिधिसभाको बैठक फेरि स्थगित

काठमाडाैं । प्रतिनिधि सभा बैठक फेरी स्थगित भएको छ । आइतबारकाे प्रतिनिधि सभा बैठक स्थगित भएकाे हाे । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई कारण देखाउँदै संसद बैठक माघ २६ गतेसम्मका लागि स्थगित भएको हो ।

शनिबार संसद्‍ सचिवालयले विज्ञप्ति जारी गर्दै लेखेको छ, ‘कोभिड १९ संक्रमणको जोखिम यथावत रहेको कारण उक्त दिन र समयमा बैठक बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ माघ २६ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नु भएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

 

गाउँ सहर संवाददाता

तपाईँको मत