स्वास्थ्य

कुष्ठरोग निवारण घोषणा भएको ११ वर्ष बितिसक्दा पनि नेपालमा कुष्ठरोगीको सङ्ख्या झन् बढ्दै

काठमाडाैँ । आज विश्व कुष्ठरोग दिवस । जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवसलाई विश्वव्यापी रूपमा मनाउने चलन छ ।

‘कुष्ठरोगका लागि हाम्रो प्रतिबद्धता आत्मसम्मानको लागि ऐक्यबद्धता’ भन्ने सन्देशसहित ६९ औँ कुष्ठरोग दिवस मनाइँदै छ ।

विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई सन् २०१० मा कुष्ठरोग निवारण भएको मुलुक भनेर घोषणा गर्‍यो । कुष्ठरोग निवारण भएको मुलुकका रूपमा घोषणा भएको ११ वर्ष बितिसक्दा पनि नेपालमा कुष्ठरोगीको सङ्ख्या झन् बढ्दै गएको छ ।

कुष्ठरोग ‘माइक्रो ब्याक्टेरियम लेप्रे’ नामको सूक्ष्म कीटाणुबाट लाग्ने रोग हो । यो कम सर्ने एक प्रकारको रोग हो । कुष्ठरोगका कीटाणु बिस्तारै फैलिन्छन् । कुष्ठरोग सर्ने अवधि २ देखि ५ वर्षको हुन्छ ।

यो रोगको कीटाणुले मुख्य रूपमा छाला र स्नायुमा असर गर्छ । यस्तै कीटाणुले खासगरी हात, खुट्टाका औँलाको टुप्पामा आक्रमण गर्छ । त्यसबाहेक यसले नाकको भित्री भित्ता तथा माथिल्लो श्वास नलीमा सङ्क्रमण गर्छ ।

सरकारी तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेका छन् । समयमै कुष्ठरोगको उपचार हुन नसके अपाङ्गता हुने र ज्यानसमेत गुमाउन सक्ने जोखिम हुन्छ । त्यसैले बेलैमा उपचार गर्न र रोग नलुकाउन सरकारले आग्रह गर्दै आएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत