खेल

मरिससविरुद्ध नेपालकाे १–० गोलको जित

काठमाडौँ । मरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा शनिबार नेपालले मरिससविरुद्ध १–० गोलको जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन विमल घर्ति मगरले निर्णायक गोल गरे ।  

विमलले खेलको ५५ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । एक वर्षपछि टिममा पुनरागमन गरेका विमलले पहिलो खेलमै गोल गरेका हुन् ।

विजयी गोल गरेका विमलले 'म्यान अफ दि म्याच' अवार्ड पाएका छन् ।

२६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गरेका हुन् । सन् २०१९ नोभेम्बरमा म्यानमार विरुद्ध पछिल्लो पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चोटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर रहेका थिए ।

प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले मरिससविरुद्धको खेलमा अन्जन विष्ट, विमल घर्तीमगर, सुनिल बल, तेज तामाङ, सुमन लामा, सुरज ज्यू ठकुरी, सुमन लामा, देबेन्द्र तामाङ, दिनेश राजबंशी र किरणकुमार लिम्बु जस्ता पहिलो रोजाइका खेलाडीहरुलाई मैदान उतारेका थिए । 

नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो ।

नेपालले अब मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण मंगलबार खेल्नेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बेलुका ४:४५ बजेबाट सुरु हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत