स्वास्थ्य

कति संक्रमित थपिए काठमाडाैं उपत्यकामा ?

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ८२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमा काठमाडौंमा मात्रै एक हजार ४०४ जना छन् । यस्तै, ललितपुरमा ३०५ र भक्तपुरमा १११ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत