स्वास्थ्य

आज काेराेना संक्रमितबाट निकाे हुनेकाे संख्या बढि, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लाे २४ घण्टामा काेराेना संक्रमित हुनेभन्दा निकाे हुनेकाे संख्या बढेकाे छ ।

पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ९२४ जना निको भएका छन् ।

आज नेपालमा थप चार हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ५६२ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा चार हजार ९०४ जनाको नतिजा पोजिटिभ आएको हो । १० हजार १०१ नमुनाको पीसीआर परीक्षण गर्दा तीन हजार ३१८ र चार हजार ४६१ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा एक हजार ५८६ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर ६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ ।

नेपालमा कोरोनामुक्त हुनेको संख्या आठ लाख ४८ हजार ३४८ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत