खेल

नेपालले मरिसससँग आज पहिलो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । नेपाल र अफ्रिकी मुलुक मरिससबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज हुँदै छ । 

नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिससको सामना गर्नेछ । नेपाल र मरिससबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।

नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो । नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ ।

खेलमा दर्शकले मैदान प्रवेशको अनमुति पाउने छन् । सरकारले जारी गरेको स्वास्थ्य मादण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । 

एन्फाले सामान्यतर्फ ५ सय र भीआईपीतर्फ १ हजारको टिकट दर राखेको छ ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले किरण चेम्जोङको कप्तानीमा दुई खेलका लागि दुई फरक टिम घोषणा गरिसकेका छन् ।

नेपालकाे आजकाे टिम :

किरण लिम्बु, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी,देवेन्द्र तामाङ,सुमन अर्याल, सुरज ज्यु ठकुरी,सुदिप गुरुङ, सुमन लामा,ताज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी,अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्ति मगर, सुनिल बल, नितिन थापा, आकाश बुढा मगर, कृतिस रत्न छुन्जु, जगजित श्रेष्ठ । (तस्बिर-एन्फा)

गाउँ सहर संवाददाता

तपाईँको मत