स्वास्थ्य

उपत्यका काेराेना अपडेट : एकै दिन २९४० संक्रमित थपिए

काठमाडाैं । काठमाडौं उपत्यकामा थप २ हजार ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा २,१५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । 

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ संक्रमित थपिएका छन् ।

सोही अवधिमा संक्रमित १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ५ हजार ४३२ जना संक्रमणमुक्त भएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत