गाउँ सहर

बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

काठमाडाैं । बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको सिफारिसमा आचार्यलाई संयुक्त अधिराज्य (बेलायत)का लागि नेपालको आवासीय राजदूत नियुक्त गरिएको हो ।

राष्ट्रपतिले शुक्रबार उनलाई नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आचार्यको नाम संसदीय सुनुवाइ समितिबाट मंसिर २० गते अनुमोदन भएको थियो । कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीसहित भारतका लागि शंकर शर्मा र अमेरिकाका लागि श्रीधर खत्रीलाई संसदीय सुनुवाइका लागि सिफारिस गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत