राजनीति

यी हुन् कांग्रेसको कार्यसम्पादन समितिमा अटाएका नाम (सूचीसहित)

काठमाडाैं । नेपाली कांग्रेसकाे बैठक सकिएकाे छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको हो ।

बैठकमा सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई प्रस्ताव पेस गर्न लगाएका थिए । उनले कार्यसम्पादन समितिका पदेन र सभापतिबाट मनोनितको नाम बैठकमा पेस गरेका थिए ।

बैठकले सर्वसम्मत रुपमा प्रस्ताव पारित गरेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिएका छन् ।

कार्यसमितिको भर्चुअल बैठकले ३५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ ।

कार्य सम्पादन समितिमा सभापति देउवासहित १३ जना पदाधिकारी, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारीहरू समेटिएका छन् । त्यस्तै केही सिनियर केन्द्रीय सदस्यहरू पनि कार्यसम्पादन समितिमा परेका छन् ।

केन्द्रीय कार्यसम्पादन समिति: 

शेरबहादुर देउवा – सभापति

रामचन्द्र पौडेल – वरिष्ठ नेता

पूर्णबहादुर खड्का – उपसभापति

धनराज गुरुङ – उपसभापति

गगन थापा- महामन्त्री

विश्वप्रकाश शर्मा महामन्त्री

फरमुल्लाह मन्सुर – सहमहामन्त्री

भीष्मराज आङदाम्बे – सहमहामन्त्री

उमाकान्त चौधरी- सहमहामन्त्री

महेन्द्र यादव – सहमहामन्त्री

महालक्ष्मी उपाध्याय डिना – सहमहामन्त्री

किशोरसिंह राठौंर- सहमहामन्त्री

बद्री पाण्डे – सहमहामन्त्री

जीवन परियार- सहमहामन्त्री

गोपालमान श्रेष्ठ

प्रकाशमान सिंह

विमलेन्द्र निधि

विजयकुमार गच्छदार

कृष्णप्रसाद सिटौला

डा.शशांक कोइराला

चित्रलेखा यादव

डा.रामशरण महत

अर्जुननरसिंह केसी

डा.प्रकाशशरण महत

सुनिलबहादुर थापा

डा.शेखर कोइराला

बलबहादुर केसी

बालकृष्ण खाण

ज्ञानेन्द्रबहादुर कार्की

उमा रेग्मी

रमेश रिजाल

डा.नारायण खड्का

जीपछिरिङ लामा

सुजाता काेइराला

एनपी साउद

जीवनबहादुर शाही

आनन्द प्रसाद ढुंगाना

गाउँ सहर संवाददाता

तपाईँको मत